जुम्ला, २७ कात्तिक – एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले...
हेटौँडा, २६ कात्तिक – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका– ६ बज्रबाराहीका कृषकले किबीखेतीबाट बर्षेनी लाखौँ रकम आम्दानी गरिरहेका छन् । ‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालयले करिब रु ३५ लाख लगानी गरी किबीखेतीसम्बन्धी तालीम, प्रविधि र बिरुवा...
काठमाण्डु, २५ कात्तिक – एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य १ हजारका दरले ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । “एन आई सी एशिया ऋणपत्र २०८१–८२” नाम दिइएको यसको परिपक्व अवधि ७ वर्षको...
तेह्रथुम, २५ कात्तिक– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ । गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ । उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँ पसेका छन् । उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु...
भद्रपुर, २३ कात्तिक – आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल रु ५६ करोड तीन लाख ८१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४७ करोड ८२ लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।...
लमजुङ, २२ कात्तिक – ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली...
काठमाण्डु, २१ कात्तिक – सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन आज तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार...
झापा, २० कात्तिक – एनआईसी एशिया बैंकले झापा र सुनसरीमा गरी थप दुई वटा शाखा विस्तार गरेको छ । झापाको गौरादह नगरपालिका र सुनसरीको इटहरी उप–महानगरपालिकामा सोमबार शाखा विस्तार गरेको हो । दुबै स्थानीय तहका प्रमुखबाट शाखा उद्घाटन गरिएको हो । २ शाखा विस्तारसंगै...
काठमाण्डु, १५ कात्तिक – उपभोक्तालाई ठगी गरेको आरोपमा दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता रामदत्त जोशीका अनुसार पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र...
काठमाण्डु, १० कात्तिक – चालू आर्थिक वर्ष २०७४–७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागका अनुसार गत आवको तुलनामा चालू आवको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य रु ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रहेकामा...
काठमाण्डु, ७ कात्तिक – नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको...
जाजरकोट, ६ कात्तिक – जाजरकोटको कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ । स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको रु ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएको प्रधानाध्यापक नीमबहादुर ओलीले...