अर्थ

सात स्थानीय तहको पहिलो किस्ताको रकम रोक

२०७५ भदौ २७ गते १३:२८

दोलखा, २७ भदौ – आर्थिक विवरण नबुझाउँदा दोलखाका सात वटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ । दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका...

आइएमई ग्रुपले ल्यायो ‘सलाम एयरलायन्स’

२०७५ भदौ २६ गते १५:०७

काठमाण्डु, २६ भदौ – आइएमई ग्रुपले सलाम एयरलायन्सको सेवालाई नेपाल भित्र्याएको छ । मंगलबार सलाम एयरको पहिलो उडान काठमाण्डुमा अवतरण भएको हो । यसले अबदेखि काठमाण्डु–मस्कट गन्तव्यमा नियमित उडान भर्नेछ । नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाण्डुमा बिहान ८ बजे विमान...

माछापालनबाट किसान आत्मनिर्भर बन्दै

२०७५ भदौ २५ गते १७:३१

वीरगञ्ज, २५ भदौ – दुई वर्षअघि प्रदेश नं २ को बारामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोन कार्यक्रम लागू भएपछि यहाँका किसान माछापालनमा आत्मनिर्भर बन्दै गएका छन् । भारतबाट आयात भई आउने माछामाथि बढ्दै गएको परनिर्भरता घटाइ किसानलाई आत्मनिर्भर गराउने उद्देश्यले आव २०७३–७४ देखि...

आधारभूत मूल्यमै विकास बैंकको शेयर

२०७५ भदौ २५ गते १५:३१

काठमाण्डु, २५ भदौ – धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लो पटक बजार उतारचढावको अवस्थामा छ । बजार तलमाथि हुँदा कारोवार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ । केही कम्पनी तथा वित्तीय संस्थाको शेयरबाहेक अधिकांश संस्थाको शेयरमा उच्च गिरावट आएको...

आज पनि सुन चाँदीको मू्ल्य स्थिर !

२०७५ भदौ २५ गते १२:०२

काठमाण्डु, २५ भदौ – साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य अझै स्थिर नै रहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमैै कारोबार भइरहेको नेपाल सुनचाँदी...

बीमा सम्मेलन असोजमा काठमाण्डुमा

२०७५ भदौ २४ गते १७:३७

काठमाण्डु, २४ भदौ – बीमा समितिद्वारा ‘वित्तीय सुदृढीकरण विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औँ सम्मेलन आयोजना गरिने भएको छ । अगामी अजोज ९ र १० गते काठमाण्डुमा हुने सो सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका पाँच सयभन्दा...

पुरक बजेट ल्याउने तयारी, वृद्धभत्ता बढ्ने

२०७५ भदौ २४ गते १७:१९

काठमाण्डु, २४ भाद्र – सरकारले पुरक वजेट ल्याउन छलफल गरेको छ । वजेटमा बृद्धभत्ता नबढाएपछि चर्को जनगुनासो बढेको भन्दै बृद्धभत्ता बढाउनकै लागि पनि पुरक वजेट ल्याउने गरी छलफल भएको हो । पुरक वजेटका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल...

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर बन्यो देशकै उत्कृष्ट

२०७५ भदौ २४ गते १५:५९

कञ्चनपुर, २४ भदौ – आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४–७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ ।...

विदेशको कमाइले दाङमा ‘सुपरमार्केट’

२०७५ भदौ २४ गते ११:०२

दाङ, २४ भदौ – पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल (सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को...

महिला उद्यमीले बनाए अन्तर्राष्ट्रिय गुणस्तरका सामग्री

२०७५ भदौ २३ गते १९:०५

काठमाण्डु, २३ भदौ– हरितालिका तिजका अवसरमा राजधानीको जमलमा नेपाली हस्तकला सामग्री तथा परिकारको प्रदर्शनी मेला आयोजना गरिएको छ । एक दिन मात्र दर खाने परम्परा तोड्दै सहर बजारमा एक महिनादेखि नै दरखाने खड्किलो र खर्चिलो तिज मनाउने परम्परा बढ्दै गएका बेला महिला उद्यमीको अगुवाइमा...

साझाले भित्र्यायो ४ डिलक्स बस

२०७५ भदौ २३ गते १७:२४

कबाठमाण्डु, २३ भदौ – साझा यातायातका ४ वटा डिलक्स बस काठमाण्डु आइपुगेका छन् । साझा यातायातकाअनुसार यी बसले केही समयपछि नै सेवा थालनी गर्नेछन् । कम्पनी स्रोताकाअनुसार यी बस बाग्लुङसहित अन्य केही गन्तब्यमा नियमित रुपमा चलाउने योजना छ । साझाले २० वटा सिटी बस...

वनस्पति घ्यू उद्योगले तेल उत्पादन गर्ने

२०७५ भदौ २३ गते १५:३६

हेटौँडा, २३ भदौ – लामो समयदेखि बन्द रहेको नेपाली वनस्पति घ्यू उद्योग लिमिटेडले तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । करीब एक दशक अगाडि विभिन्न कारणले बन्द भएको सो उद्योगले असोजको अन्तिम सातासम्म तोरीको तेल उत्पादन गर्ने बताएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us