रामेछाप, २९ असोज- सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाण्डुबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकूल भएपछि रोकिएका हुन् । रोकिएका पर्यटकहरु...
काठमाण्डु, २९ असोज- दशैं बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३१. ४८ अंकले बढेको छ । नेप्से १.१७ प्रतिशतले बढेर २६९९ मा बन्द भएको छ । कारोबार रकम भने घटेको छ । दशैंअघिको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकम भने घटेको...
म्याग्दी, २९ असोज- पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ । करिब एक...
मुस्ताङ, २९ असोज- यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ...
जुम्ला, २८ असोज– जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको...
काठमाण्डू, २८ असोज- मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध...
सुर्खेत, २७ असोज- कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैंमा राम्रो बजार पाएको छ । यहाँ जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण...
एजेन्सी- नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् । नोएल रतनका सौतेनी भाइ हुन् । रतन टाटाको बुधबार राति निधन भएको थियो । शुक्रबार ट्रस्टको बोर्ड बैठकले नोएललाई अध्यक्ष चयन गरेको हो...
काठमाण्डू, २५ असोज- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैं अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भए पनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए । ‘मैले दशैं अगाडि भुक्तानी...
काठमाण्डु, २३ असोज- ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुले माइजोईको रेमिटेन्स एपबाट सहज रुपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिटेन्स पठाउन...
काठमाण्डु, २३ असोज– सताको कारोबारको चौथो दिन आज बुधबार सेयर बजार परिसुचक (नेप्से)सामान्य अङ्कले वृद्धि भएको छ । दसैँ अघिको अन्तिम कारोबार दिन आज बजार परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय ६८ दशमलव १७ को विन्दुमा पुगेको नेप्सेले जानएको छ । आज...
काठमाण्डु, २३ असोज– गत हप्ता भएको अविरल बर्षा सँगै आएको बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको छ । बाढी पहिरोले...