अर्थ

महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबीच भेटवार्ता

२०८२ भदौ १५ गते २१:३०

काठमाण्डू, १५ भदौ–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।...

सरकार लगानीको वातावरण सिर्जना गर्न लागिरहेको छः अर्थमन्त्री पौडेल

२०८२ भदौ १५ गते १४:१४

काठमाण्डू, १५ भदौ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन । आज (आइतबार) काठमाण्डूमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।...

दशैंका लागि सुकिला नोट २९ गतेदेखि साटिने

२०८२ भदौ १५ गते ११:५३

काठमाण्डू, १५ भदौ– नेपाल राष्ट्र बैंकले आगमी बर्षको दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्ने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी दिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन...

सुनको मुल्यमा नयाँ रेकर्ड, नाघ्यो २ लाख

२०८२ भदौ १३ गते ११:२२

काठमाण्डू, १३ भदौ– साताको कारोबारको अन्तिमदिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी...

सेयर बजारमा ऐतिहासिक वृद्धि

२०८२ भदौ ११ गते १५:४५

काठमाण्डू, ११ भदौ- बुधबार ५३.१ अंकले बढेर नेप्से परिसूचकले २ हजार ८ सयको बिन्दु पार गरेको छ । बुधबार नेप्से परिसूचक बढेर २८१९.१० विन्दुमा पुगेको छ । कारोबार रकममा पनि उच वृद्धि भएको छ । मंगलबार चार अर्ब १८ करोड रूपैयाँको कारोबार भएको बजारमा...

सरकारद्वारा उखु किसानलाई साढे ७५ करोड रकम निकासा

२०८२ भदौ १० गते १८:०९

काठमाण्डू, १० भदौ–सरकारले देशभरका उखु किसानहरूका लागि अनुदानस्वरूप ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले यो रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत जिल्ला स्तरमा रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पठाएको हो । सो रकम...

भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि अर्थले थाल्यो छलफल

२०८२ भदौ १० गते १७:५१

काठमाण्डू, १० भदौ– भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा मंगलबार भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

अन्ततः उकालो लाग्यो नेप्से

२०८२ भदौ ९ गते १५:३३

काठमाण्डू, ९ भदौ–लगातारको गिरावटपछि सोमबार साताको दोश्रो कारोबार दिन सेयर बजार उकालो लागेको छ । बजार २१.३० अंकले उकालो लाग्दै २७६१ विन्दुमा पुगेको छ । कारोबार अवधिभर उतारचढाव देखिए पनि दिउँसो २:३० बजेको आसपास नेप्सेले २७६४ अंक छोएको थियो, जुन आजको उच्च विन्दु रह्यो...

वार्षिक मूल्यवृद्धि ४.०६ प्रतिशत

२०८२ भदौ ८ गते १६:५१

काठमाण्डू, ८ भदौ– आर्थिक बर्ष ०८१–०८२ मा वार्षिक मुद्रास्फीति ४.०६ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार (आ.व) ८१–८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आवको तुलनामा केही कम भएको पाइएको छ । आ.व ०८०–८१ मा ५.४४ प्रतिशत...

रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च, १९ प्रतिशतले बढेर १७ खर्ब पुग्यो

२०८२ भदौ ८ गते १६:४६

काठमाण्डू, ८ भदौ– गएको आर्थिक बर्ष ०८१–८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भएको छ । मासिक रूपमा पनि क्रमशस् उच्च आउने गरेको रेमिट्यान्स आप्रवाह वार्षिक पनि हालसम्मकै उच्च हो । आर्थिक वर्ष ०८१–८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको...

राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

२०८२ भदौ ८ गते १३:२०

काठमाण्डू, ८ भदौ– नेपाल राष्ट्र बैंकले आज (आइतबार) अधिक तरलता कायमै रहेपछि ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।  कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको...

प्राधिकरण अध्यक्ष ओझालाई सरकारले हटायो

२०८२ भदौ ३ गते ७:३३

काठमाण्डु, ३ भदौ– सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ओझाको शैक्षिक योग्यता र नियुक्तिसम्बन्धी प्रक्रियामा प्रश्न उठेपछि सरकारले छानबिनका लागि उच्च अदालतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us