रौतहट, २८ जेठ – केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ ।...
गुल्मी, २८ जेठ – गुल्मी बडागाँउ गाविसका अग्निपीडितका लागि राहतस्वरुप नगद आर्थिक सहयोग थपिँदै गएकोे छ । बडागाउँ–१ र २ का अग्निपीडितका लागि हेल्प टू दजाकोट अभियान, कुर्घाद्वारा सङ्कलित नगद रु २२ लाख ७७ हजार ९३० सहयोग बडागाउँ अग्निपीडित राहत सङ्कलन तथा वितरण समितिलाई...
काडमाण्डु, २८ जेठ – काठमाण्डुको उत्तरी भेगस्थित टोखा नगरपालिका–६ मा सुविधासम्पन्न फन पार्क निर्माण सम्पन्न भएको छ । टोखा केब प्रालिले दुई वर्षको समयावधिमा तीन करोड रुपैयाँको लागतमा ‘टोखा केब वाटर फन पार्क’ निर्माण गरेको हो । करिब ६ रोपनीको क्षेत्रफलमा निर्माण गरिएको उक्त...
अर्घाखाँची, २८ जेठ – बुटबलबाट सन्धिखर्कका लागि छुटेको देउराली यातायात व्यवसायी समितिको जिप गएराति नरपानीमा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । लु १ ज १४४६ नंको जिप दुर्घटना हुँदा नुवाकोट बरबास बस्ने ४० वर्षीया हरिकला घर्तिमगर, सोही ठाउँका ४५ वर्षीय चोपबहादुर घर्तिमगर, सनपा–१...
मोरङ, २८ जेठ – मोरङको दक्षिणी गाविस महादेवाका विपन्न समुदायलाई सोलार बत्ती वितरण गरिएको छ । जिविस मोरङ, गिरिजाप्रसाद कोइराला फाउन्डेसन र उपभोक्ता समितिको संयुक्त सहयोगमा महादेवा गाविसका गरिब, दलित तथा विपन्न वर्गलाई सोलार वितरण गरिएको हो । महादेवामा बिहीबार आयोजित कार्यक्रममा नेपाली काँग्रेस...
कञ्चनपुर, २८ जेठ – कञ्चनपुरको दोदा, बल्मा नदी र घटाल थान क्षेत्रमा ६६ करोड रुपैयाँको लगानीमा चारवटा पक्की पुल निर्माणको कार्य सुरु गरिएको छ । तीनवर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रियामार्फत चालु आवदेखि पुल निर्माण कार्य हुन थालेको हो । दोदा...
चितवन, २८ जेठ – गोरु काटेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । माडी–३ की सुनिता...
काठमाण्डु, २८ जेठ– तीन दिने जिल्ला भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार झापामा चारवटा आयोजनाको सुरुवात गर्दैछन् । प्रधानमन्त्री ओलीले झापाको दमकमा दमक भ्यु टावर, रतुवा र मावा खोलामा पुल शिलन्यास गर्दैछन् । त्यस्तै उनले विराटनगरमा तारिणी कलेजको पनि शिलान्यास गर्ने भएका छन्...
काठमाण्डु, २८ जेठ–चाबहिलस्थित गंगाहिटीमा बनाउन लागिएको दमकल केन्द्रको निर्माणको काम केही समयमा नै सुरु हुने भएको छ । इटालीको सहयोगमा बनाउन लागिएको उक्त दमकल केन्द्रको निर्माणका लागि गत बिहीबार काठमाडौँ महानगरपालिकासँग सम्झौतासमेत भइसकेको जुद्ध बारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए । प्रमुख भट्टराईका...
दाङ, २८ जेठ– राप्ती अञ्चल दाङ जिल्लाको तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट निर्माण हुने भएको छ । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लान्ट निर्माणको काम सुरु गरिएको राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिए । यो प्लान्ट नेपालमै पहिलोपटक सरकारी अञ्चल अस्पतालले...
ताप्लेजुङ, २८ जेठ–ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम संकलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ...
काठमाण्डु, २८ जेठ– उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । दक्षिणएसियाली विश्वविद्यालयको नयाँदिल्लीमा हुने दिक्षान्त समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री थापा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । मन्त्री थापाले दिल्लीमा शुक्रबार साँझ नै भारतीय समकक्षी सुष्मा स्वराजसँग पनि भेटवार्ता गर्दैछन् । सो...