मधेसवादी दलद्वारा सदन बहिष्कार

२०७३ असार ६ गते १२:१०

काठमाण्डु, ६ असार– मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म...

अफागानिस्तानमा आत्मघाती बम हमला हुँदा १४ नेपालीको मृत्यु

२०७३ असार ६ गते १२:०५

काठमाण्डु, ६ असार– अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवार एक गाडीमा आतंकवादीहरुको आत्मघाती बम हमलामा १४ नेपालीको ज्यान गएको छ । सोमबार बिहानै एक मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बम धमाकामा कम्तिमा पनि १४ जनाको ज्यान गएको हो । अफगानी अधिकारीका अनुसार यस हमलामा...

छ महिनामा १५ हजार पर्यटक मुस्ताङ पुगे

२०७३ असार ६ गते १२:०२

मुस्ताङ, ६ असार – पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो छ महिनामा १५ हजार पर्यटकले अवलोकन भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा पदयात्रासँगै लोमान्थाङ, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी र प्राकृतिक सुन्दरतामा रमाउन बर्सेनि बाह्य पर्यटक आउने गरेका छन् । सन् २०१६ को जनवरीदेखि...

रामचन्द्र पौडेल पनि केपी ओली र प्रचण्डकै लाइनमा

२०७३ असार ६ गते ११:५४

इनरुवा, ६ असार– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताएका छन् । नेपाल प्रेस युनियन सुनसरी शाखाले सुनसरी सदरमुकाम इनरुवामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले अहिले मुलुकको निकाससँगै विकासका लागि...

हात्ती आतंक नियन्त्रण गर्न विद्युतीय तारबार गरियो

२०७३ असार ६ गते ११:५४

कञ्चनपुर, ६ असार – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका बडुवाल टोलमा जङ्गली हात्तीको आतङ्क रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयको सहयोगमा चार किलोमिटर क्षेत्रफलमा विद्युतीय तारबार गरिएको हो । जङ्गली हात्तीले पु¥याउँदै आएको क्षति न्यूनीकरण गर्नका लागि...

आमाको जन्मदिनको अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

२०७३ असार ६ गते ११:४८

नवलपरासी, ६ असार – धुर्मुस सुन्तली फाउन्डेसनतिर सहयोगी हातहरु अघि बढिरहेका छन् । यसै क्रममा युवा पत्रकार जीवन न्यौपानेका परिवारजनले आफ्नो आमाको जन्मदिनको अवसर पारी धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । परिवारले आमा कृष्णा न्यौपानेको ५४ वर्षको जन्मदिनको अवसर पारी फाउन्डेसनलाई ३१...

प्रेमले रुखमा झुन्डिएर आत्महत्या गरे

२०७३ असार ६ गते ११:३१

सप्तरी, ६ असार – सप्तरीको हर्दिया गाविस–५ मा आइतबार आँपको रुखमा झुन्डिएर एक व्यक्तिले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ३३ वर्षीय प्रेमबहादुर बुर्जामगर रहेको प्रहरीले जनाएको छ । मगरले आफ्नै घर नजिकै रहेको आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको...

धान पिस्दै

२०७३ असार ६ गते ११:२३

काभ्रे पनौतीका किसान मिलमा धान पिस्दै । तस्विरः चन्द्र बहादुर आले/काठमाण्डु टुडे...

७ सय कृषकले पाए अनुदान

२०७३ असार ६ गते ११:२०

मोरङ, ६ असार – जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । एसआरआइ प्रविधिबाट चैते...

चालक अनुमतिपत्र दिने कार्यालयको चरम लापर्बाही, फर्म बुझाउन दलाल नै चाहिन्छ

२०७३ असार ६ गते ११:१५

इटहरी, ६ असार – यातायात व्यवस्था कार्यालय इटहरीमा सेवाग्राहीले चालक अनुमतिपत्र लिन जाँदा ठुलो सास्ती र हैरानी पाउने गरेका छन् । सो कार्यालयबाट सर्वसाधारणले चालक अनुमतिपत्र प्राप्त गर्नु ठूलै युद्ध जिते सरह भएको छ । चालक अनुमतिपत्रका लागि फर्म भरेर बुझाउन दलाललाई दुई हजार रुपैयाँ...

बाबुले एउटा छोरालाई कुटेर मारे, अर्को गम्भिर अवस्थामा अपस्तालमा

२०७३ असार ६ गते १०:५४

लहान, ६ असार – बाबुको कुटाइबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–२० निवासी एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जीत रामको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी...

चितवन निकुञ्जमा ८२ हजार पर्यटक पुगे

२०७३ असार ६ गते १०:४५

चितवन, ६ असार – चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक पुगेका छन् । उनीहरुबाट झन्डै १२ करोड रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ । सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व संकलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us