काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दलहरुको बैठक जारी छ । बैठक नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ ।
प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भईरहेको नेताहरुले जानकारी दिएका छन । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यसले प्रतिनिधिसभाको बैठक बस्न सकिरहेको छैन ।