संसदको गतिरोध अन्त्यका लागि सभामुखको प्रयास जारी

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १२:१४ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न प्रयास जारी राखेका छन् । सभामुख घिमिरेले बैठक तोकिएको समयभन्दा अघि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रखुख सचेतकहरू छलफल गरीरहेका छन ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले एमालेका प्रुमख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

यही जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध गरेपछि संसद्‍को कारबाही अघि बढ्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us