सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

२०७९ मंसिर २३ गते ११:२७

काठमाण्डु,२३ मंसिर– सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा गरीएको हो । सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी...

जबराको निलम्बन फुकुवा विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२०७९ मंसिर २३ गते १०:५४

काठमाण्डु,२३ मंसिर– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ सुरु हुने भएको छ । आज (शुक्रबार) गठन हुने संवैधानिक इजलासमा उक्त निवेदनको पेशी तोकिएको हो । सर्वोच्च अदालत बार एसोसिएसनका...

ब्राउन सुगरसहित ३ जना पक्राउ

२०७९ मंसिर २२ गते १८:२५

काठमाण्डु,२२ मंसिर– कञ्चनपुरमा अवैध लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका९ ११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो...

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ११ जना घाइते

२०७९ मंसिर २२ गते १७:४५

काठमाण्डु,२२ मंसिर– तनहुँमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने, ११ जना घाइते भएका छन् । मूत्यु हुनेमा स्याङजाको हरिनास गाउँपालिका–२ की ५५ वर्षीया लालुमाया थापा रहेका छन । आँबुखैरनी गाउँपालिका–२ मार्की चोकमा बिहीबार सवारी दुर्घटनामा थापाको मूत्यु भएको प्रहरीले जनाएको छ...

पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुन्छ: प्रधानमन्त्री देउवा

२०७९ मंसिर २२ गते १७:२३

काठमाण्डु,२२ मंसिर– प्रधानमन्त्री एवंम् कांग्रेस सभाति शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुने बताएका छन् । धनगढीमा बिहीबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब...

विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित छ: कुलमान घिसिङ

२०७९ मंसिर २२ गते १७:१२

काठमाण्डु,२२ मंसिर– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । आज (बिहीबार) नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले...

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७९ मंसिर २२ गते १७:०२

काठमाण्डु,२२ मंसिर– मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट बिहीबार एक जना पैदल यात्रीको मृत्यु भएको छ । मूत्यु हुनेमा सोही स्थानका स्थानीय ६५ वर्षीय बलबहादुर कार्की रहेका छन । गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । को...

राजनीतिक दलहरुलाई समानूपातिक सूची पठाउन २४ मंसिर सम्मको समय सीमा

२०७९ मंसिर २२ गते १६:५४

काठमाण्डु,२२ मंसिर– निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस...

समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको पार्टीमा विवाद गज्जब छ : रवि लामिछाने

२०७९ मंसिर २२ गते १६:१६

काठमाण्डु,२२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको बताएका छन । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताएका छन । पार्टीले गरेको प्राइमरीमा...

जनताले मानव अधिकार पाएको महसुस गर्न सकेनन्: उपराष्ट्रपति पुन

२०७९ मंसिर २२ गते १६:०३

काठमाण्डु,२२ मंसिर– उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन् । बिहीबार काठमाण्डुमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको...

हिमाञ्चल प्रदेशको विधानसभामा कांग्रेसको अग्रता

२०७९ मंसिर २२ गते १५:५०

एजेन्सी– भारतको हिमाञ्चदल प्रदेशको विधानसभामा कांग्रेसले अग्रता लिन सुरु गरेको छ । ६८ सिटको लागि भएको विधानसभा चुनावमा कांग्रेसले ३९ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी ले पछ्याउँदै २६ सिटमा अग्रता कायम गरेको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर...

पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगे एमाले उपमहासचिव ज्ञवाली

२०७९ मंसिर २२ गते १५:३६

काठमाण्डु,२२ मंसिर– एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा आफु पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us