सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ११ जना घाइते

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १७:४५ मा प्रकाशित

काठमाण्डु,२२ मंसिर– तनहुँमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने, ११ जना घाइते भएका छन् । मूत्यु हुनेमा स्याङजाको हरिनास गाउँपालिका–२ की ५५ वर्षीया लालुमाया थापा रहेका छन ।

आँबुखैरनी गाउँपालिका–२ मार्की चोकमा बिहीबार सवारी दुर्घटनामा थापाको मूत्यु भएको प्रहरीले जनाएको छ । थापाको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना ७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नौजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us