भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ: प्रधानमन्त्री देउवा

२०७९ मंसिर २३ गते १४:४४

काठमाण्डु,२३ मंसिर– प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभा पति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । आज  भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनलेभ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै...

विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु

२०७९ मंसिर २३ गते १४:१३

काठमाण्डु,२३ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने...

एमालेको सचिवालय बैठक भोली बस्दै

२०७९ मंसिर २३ गते १३:३८

काठमाण्डु,२३ मंसिर– एमालेको सचिवालय बैठक भोली शनिबार बिहान बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताएका छन । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसद्को नाम तय...

चोलेन्द्र शम्शेर जबरालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजिएको कानुन व्यावसायीहरुको आरोप

२०७९ मंसिर २३ गते १३:३४

काठमाण्डु,२३ मंसिर– कानुन व्यावसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजिएको बताएका छन । संघीय संसदका महासचिव भरतराज गौतमले जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै कानुन व्यावसायीहरुले यस्तो तर्क गरेका हुन् । जबराको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको...

एमाले प्रतिपक्षमै बस्छ: विष्णु पौडेल

२०७९ मंसिर २३ गते १३:०७

काठमाण्डु,२३ मंसिर– एमालेका उपाध्यक्ष एवंम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् । शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधनपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले ४ मंसिरमा भएको चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताएका छन ।...

एमालेको सचिवालय बैठक स्थगित

२०७९ मंसिर २३ गते १२:५२

काठमाण्डु,२३ मंसिर– एमालेले आजका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन । उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने उनले...

जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा सुनुवाइ सुरु, बढीमा ५ जनाले बहस गर्ने

२०७९ मंसिर २३ गते १२:४३

काठमाण्डु,२३ मंसिर– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार...

सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारीमा संघीय संसद सचिवालय

२०७९ मंसिर २३ गते १२:२९

काठमाण्डु,२३ मंसिर– संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत...

विश्वकप क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै

२०७९ मंसिर २३ गते १२:२०

काठमाण्डु,२३ मंसिर– विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुने भएको छ । एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।...

भ्रष्टाचार हुनै नदिने देउवाको अठोट

२०७९ मंसिर २३ गते ११:५२

काठमाण्डु,२३ मंसिर– प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् । देउवाले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै यस्तो बताएका हुन । उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक...

जिप दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ मंसिर २३ गते ११:३४

 काठमाण्डु,२३ मंसिर– बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउद रहेका छन । आज (शुक्रबार) बिहान पाटन नगरपालिका–१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार...

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

२०७९ मंसिर २३ गते ११:२७

काठमाण्डु,२३ मंसिर– सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा गरीएको हो । सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us