
काठमाण्डु,२२ मंसिर– कञ्चनपुरमा अवैध लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका९ ११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । घटना बारे थप अनुशन्धान भइरहेको छ ।