
एजेन्सी– युक्रेनी सीमामा रहेको बेलगोरोद क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनामा परेको छ । इल्युशिन–७६ विमान बुधबार दुर्घटनामा परेको भन्दै रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले जानकारी दिएका छन ।
रुसले जारी विज्ञप्तिमा भनिएको छ, ‘युद्ध मिसन पूरा गरेर बेलगोरोद क्षेत्रमा रहेको हवाई अड्डामा फर्किने क्रममा रुसी हवाई बलको सु–२५ विमान दुर्घटनामा परेको छ । विमानका चालकको मृत्यु भएको छ,’ ।
घटना बुधबार बिहान ११ बजेको हो । दुर्घटनाको कारण अहिलेसम्म नखुलेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । अधिकारीहरुले यसबारे छानबिन गरिरहेका छन् ।
दुर्घटना स्थलमा विशेष सैन्य समितिलाई पठाइएको बताइएको छन । विमानमा रुसले बन्धक बनाएका ६५ जना युक्रेनी सेनाहरु भएको अन्तराष्ट्रिय सञ्चार माध्यम हरुले बताएका छन ।
साथमा ६ जना क्रु मेम्बर र तीन जना इस्कोर्ट पनि थिए । ती सेनाहरुलाई रुसी सेनाको बदलामा सट्टा पट्टाका लागि लगिएको बताइएको छ ।