
एजेन्सी– संयुक्त राज्य अमेरिकाले शुक्रबार यमनमा हुथीविरुद्ध आफ्नो हमला जारी राखेको छ । नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा शुक्रवार अमेरिकी सेनाले हुथीहरूविरुद्ध आक्रमण जारी राखेको जाकारी दिएको छन । उनले अमेरिकी सेनाले यमनमा हुथी लक्ष्यहरूविरुद्ध तीन सफल आत्म–रक्षा हमलाहरू गरेको पनि बताएका छन ।
हमलाहरू लाल सागर, बाब–एल–मन्डेब, साथै एडेनको खाडी हुँदै पारगमन गर्ने जहाजहरू – नागरिक र सैन्य दुवै जहाजहरूमा आफ्ना आक्रमणहरू जारी राख्न हुथीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्यले भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।