पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु

काठमाण्डु टुडे २०८० माघ ३ गते १२:०४ मा प्रकाशित

एजेन्सी– पाकिस्तानको बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जानकारी दिएको छ ।

आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले जानकारी दिएको छ ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । सन् २०१२ मा स्थापना भएको यो संगठनले इरानको सीमा क्षेत्र मा आक्रमण गर्दै आएको छ ।

र, संगठनका नेताहरु पाकिस्तानमा बस्ने गरेको दाबी इरानको छ । पाकिस्तानले भने इरानले हवाई क्षेत्र अकारण नाघेर आक्रमण गरेको र पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us