
एजेन्सी– जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएकाने छ । जपानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जानकारी दिएको छ ।
जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको एनएचकेले जानकारी दिएको छ । एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्याङबाट धुँवा निक्लिएको देखिन्छ ।
आगलागी नियन्त्रणको लागी अहिले विभिन्न प्रयास भईरहेको एनएचकेले जानकारी दिएको छ । रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ ।