भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण दर 

काठमाण्डु टुडे २०८० पुष ४ गते १०:०८ मा प्रकाशित
एजेन्सी, ४ पुस– पछिल्लो एक सातामा भारतमा कोरोना भाइरस संक्रमित संख्या ह्वत्तै बढेको छ ।
मंगलबार कोराना संक्रमितको संख्या १ हजार ९ सय ७० पुगेको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार एक साताअघि उक्त संख्या ९ सय ३८ मात्र थियो । भारतमा कोरोनाका नयाँ रेरियन्टहरुको उत्पादन भइरहेको त्यहाँको स्वाथ्य मन्त्रालयले जनाएको छ ।
केरला राज्यका संक्रमितमा हालै नयाँ भेरियन्टको कोरोना पुष्टि भएको थियो ।  उक्त भेरियन्टलाई पिरोला नाम दिइएको छ ।
सोही भेरियन्टका संक्रमित महाराष्ट्र र गोआमा समेत फेला परेका छन् । अनुसन्धाताहरुका अनुसार चिसो बढेका कारण संक्रमितको संख्या बढेको हो । चिसोका कारण अमेरिका र युरोपमा देशहरुमा समेत संक्रमण दर बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us