
काठमाण्डु, २१ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएपछि उनको सुरक्षा चिन्ता हुने नै भयो ।
त्यही क्रममा बुलेटप्रुफ गाडीको खोजी भयो । सरोकारवालाहरुसमक्ष सूचना आयो, पूर्वराजासँग एउटा बुलेट प्रुफ गाडी अझै पनि छ ।
तर, माग्ने कसरी, उनलाई भन्ने कसले ? अलमलका बीच मुख्यसचिव लीलामणि पौडेल अघिसरे र ज्ञानेन्द्रका सहायक डा. फणिराज पाठकलाई फोन गरे, ‘त्यो गाडी चाहियो, कहाँ र कुन हालतमा छ, पठाइदिनु होला ।’ तर उनले पनि मालिकलाई नसोधी गाडी पठाउन वा जवाफ दिन सक्ने अवस्था थिएन ।
एताबाट जवाफ आयो, ‘अहिले प्रयोगमा छैन्, बनाउन वर्कसपमा लगिएको छ ।’ सँगसँगै उनले पछि सोधेर जवाफ दिने मनसाय पनि प्रकट गरे । तर, त्यो गाडी सरकारक लागि काम लागेन किनभने मोदीका निम्ति भारतबाटै २ वटा बीएमडब्लु कारजहाजमा लोड गरेर ल्याइएको थियो । त्योमध्ये पनि एउटा सिंहदरबारमा पञ्चर भो तर पनि समस्याको गाँठो फुक्यो ।
तत्कालका निम्ति त समस्या समाधान भयो अब सार्क सम्मेलनमा आठ राष्ट्रका सरकार प्रमुखहरु आउँदैछन् । चीन र जापानलाई पनि त्यसमा पर्यवेक्षक बनाइएको छ। ती सबै देका हस्तीहरु आउँदा साथमा बुलेटप्रुफ कार पनि ल्याउनुपर्ने होकि ? केही टुंगो छैन । मोदीको भ्रमण प्रयोजनका निम्ति परराष्ट्रले २५ वटा गाडीको तयारी गरेको छ ।
जनअास्था साप्ताहिकबाट