माधव नेपाललाई सल्लाह दिएर निस्किएका शम्भु थापाद्वारा पत्रकारमाथि दुव्र्यवहार

काठमाण्डु टुडे २०८२ जेठ २२ गते २१:४३ मा प्रकाशित

काठमाण्डू, २३ जेठ– वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् ।

आलोकमनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयबाहिर थापाले बिहीबार पत्रकारमाथि दुव्र्यवहार गरेका हुन् ।

आफ्ना अध्यक्ष एवं पूर्वप्रधकानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको विषयमा एकीकृत समाजवादीले बोलाएको छलफलमा थापा सहभागी थिए ।

छलफलमा सहभागी भएर बाहिर निस्कने क्रममा आफ्नो फोटो खिचेको निहुँमा थापाले नेपाल प्रेस डटकमका पत्रकार उमेश कार्कीमाथि झम्टिएका हुन
। उनले कार्कीले बोकेको क्यामेरा समातेका थिए । थापाले कार्कीले फोटो खिच्नुको प्रयोजन सोधेका थिए । जवाफमा कार्कीले सार्वजनिक स्थलमा फोटो खिच्न पाइने बताए ।

केहीबेर उनले पत्रकारलाई हप्काउने शैलीमा बोलेका थिए । समाजवादीका नेता सुदेश पराजुलीले उनलाई तानेर गाडी चढाएर पठाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us