माधव नेपाललाई मुद्धा लगाउन सरकारको हात, बदलाको भावनाबाट प्रेरित कदमः एकीकृत समाजवादी

काठमाण्डु टुडे २०८२ जेठ २२ गते २१:३२ मा प्रकाशित

काठमाण्डू, २३ जेठ– नेकपा एकीकृत समाजवादीले राजनीतिक भावनाबाट प्रेरित भएर आफ्ना अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार

दुरुपयोग अनुसन्धान आयेगले विशेष अदालतमा भ्रष्टाचार म्ुद्धा दायर गरेको निस्कर्ष निकालेको छ ।

पार्टी मुख्यालय आलोकनगरमा बिहीबार साँझ नेपालको उपस्थितिमा बसेको शीर्ष नेताहरुको बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा पार्टी नेतृत्वविरुद्ध गरिएको षड्यन्त्रको प्रतिवाद गरिने उल्लेख छ ।

घटनाबारे स्वयं अध्यक्ष नेपालले ‘नबिराउनु, नडराउनु’ भनेर आफ्नो धारणा सार्वजनिक गरेको चर्चा गर्दै कानूनी प्रक्रियाको सामना गर्ने पनि भुसालले बताए ।

‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षड्यन्त्रहरु गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं । यो हाम्रा विरुद्ध षड्यन्त्र अर्को घटना होृ भन्ने हाम्रो ठहर छ । यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ’, महासचिव भुसालले विज्ञप्तिमा भनेका छन् ।

यस्तै समाजवादीले अख्तियारमा नेपालविरुद्ध मुद्धा दर्ता गरिएको विषयमा कुप्रचार र भ्रममा नपर्न पार्टी पंक्ति र जनसमुदायलाई आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us