
सप्तरी, २३ जेठ । सप्तकोशी नदीमा बेपत्तामध्ये एक गोताखोरको शव भेटिएको छ ।
बिहीबार बेपत्ता भएका दुईमध्ये एकको शव शुक्रबार बिहान भेटिएको हो । बेपत्तामध्ये राजवंशी मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले अँध्यारोका कारण राति स्थगित खोजी कार्य बिहानैदेनि पुनः थालेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार मनसुनजन्य विपद् पूर्वतयारीसम्बन्धी अभ्यासका क्रममा सशस्त्र प्रहरीमा कार्यरत हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए ।
दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको विशेष तालिमप्राप्त गोताखोरसहित ६० जनाको टोली खोजीमा सक्रिय रहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी थापाले जानकारी दिए ।