
काठमाण्डु,४ जेठ– नेकपा माओवादी केन्द्रकाम अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा संलग्नको आरोपमा जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लगउने बताएका छन ।
आज (बिहीबार) बसेको प्रतिनिधिसभा को बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले चौधरीलाई छुटाउने प्रयास गरिरहेको बताएका छन । रेशम चौधरीलाई यसअघि पनि आफूहरुले अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको भन्दै प्रचण्डले अदालतबाट जे आए पनि छिटो फैसला आओस् भनेर आवाज उठाएको पनि बताएका छन ।
उनले भने, ‘ म के विश्वास दिलाउन चाहन्छु भने रेशम चौधरीका विषयमा हामीले यसअगाडि पनि अध्यादेश ल्याएर भए पनि उहाँलाई छुटाउने प्रयास हामीले गरेकै हो ।
अदालतबाट जे फैसला भए पनि छिटो फैसला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘र अहिले टुंगिएको छ ।
अब यो वियषयलाई कसरी समाधान गर्ने विषयमा हामी निकै गम्भीर छौं । मलाइ विश्वास छ लाग्छ, यो विषयमा हामी छिट्टै टुंगोमा हामी पुग्छौं ।’