कोरोनाबाट १ जनाको मृत्यु, १२१ मा संक्रमण

काठमाण्डु टुडे २०७९ चैत २९ गते १७:१५ मा प्रकाशित

काठमाण्डु,२९ चैत– कोरोना भाइरस संक्रमणबाट आज बुधबार पनि एक जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमण पुष्टिभएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि हिजो मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित ४४५ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ को ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us