
काठमाण्डु,२५ फागुन– प्राविधिक समस्यापछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरुलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ ।
आज (बिहीबार) बिहान काठमाण्डुबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान लगत्तै इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट त्रिभुवन विमानस्थल नै फर्काइएको थियो ।
सोही जहाजमा सवार ७४ जना यात्रुहरुलाई अर्को फ्लाइटमार्फत भैरहवा पठाइने श्री एयरलाइन्सले जानकारी दिएको छ । आकस्मिक अवतरण गरिएको जहाजमा चार जना चालक दलसहित ७४ जना यात्रु सवार रहेका थिए ।