हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई पक्राउ

काठमाण्डु टुडे २०७९ माघ ४ गते १४:४० मा प्रकाशित

काठमाण्डु,४ माघ– प्रहरीले पर्साको वीरगञ्जबाट हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानरपालिका–१६ घर भएका ३४ वर्षीय विकास शाह र वीरगञ्ज–९ घर भएका १९ वर्षीय सुवासकुमार शाह रहेका छन ।

आरोपीहरुको साथबाट हुण्डी कारोबारको २२ लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकाले बताएको छ ।

वीरगञ्ज–८ स्थित घण्टाघरमा आरोपीहरु सवार भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा हुण्डीको रकम भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us