गण्डकी प्रदेशमा उपसभामुखको निर्वाचन हुँदै

काठमाण्डु टुडे २०७९ माघ २ गते १३:४५ मा प्रकाशित

काठमाण्डु,२ माघ– गण्डकी प्रदेशमा आज (सोमबार) उपसभामुखको निर्वाचन हुँदैछ ।

उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी दिएका छन ।

सभामुख भने यसअघि नै नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल चयन भइसकेका छन् । गण्डकी प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ ।

गण्डकी प्रदेश सभामा प्रदेशको सबै भन्दा ठुलो दल कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us