
काठमाण्डु ,२९ पुस– बागमती प्रदेशमा सभामुख पदको निर्वाचन सुरु भएको छ । सभामुखका लागि शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने गर्ने तय भएपनि बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।
प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ । सभामुख पदका लागि ३ जनाको उम्मेदवारी रहेको छ ।
सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् ।
सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।