
एजेन्सी– रुसको राजधानी मस्कोबाट भारतको गोवा आउँदै गरेको जहाज बम रहेको सूचनापछि आपतकालीन अवतरण गराइएको छ ।
रुसबाट आएको अजुर एयरको चार्टर्ड जहाजमा बम रहेको हल्लापछि गुजरातको जमनगरस्थित सैनिक ब्यारेकमा आपतकालीन अवतरण गराइएको हो । विमान डैबोलिम विमानस्थलमा अवतरण हुनुपर्ने थियो ।
विमानमा २ सय ३६ यात्रु र चालक दलका सदस्य थिए ।
जहाजबाट सबैलाई सकुशल बाहिर निकालिएको गुजरातका प्रहरी अधिकारीहरुले बताएका छन् । भारतीय सेनाको बम डिस्पोजल टोलीले जहाजको निरीक्षण गरेको छ ।
नयाँ दिल्लीस्थित रूसी दूतावासका एक अधिकारीले भारतीय अधिकारीलाई जहाजमा बम रहेको सूचना दिएका थिए ।