इन्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाण्डु टुडे २०७९ पुष २६ गते ९:०० मा प्रकाशित

एजेन्सी– इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ ।

इण्डोनेसियाको तानिम्बर क्षेत्रमा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भू–गर्भ विभागका अनुसार ७.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का उत्तरी अष्ट्रेलियाका केही भागमा समेत महसुस गरिएको थियो । भूकम्पपछि चारवठा ठूल्ठूला पराकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पलगत्तै अधिकारीहरुले सुनामीको चेतावनी दिएका थिए । तर, सुनामी भने आएको छैन ।

भूकम्पबाट भएको भौतिक र मानवीय क्षतिबारे जानकारी दिइएको छैन । प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु खटाइएको र क्षतिको विवरण संकलन भइरहेको त्यहाँको सरकारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us