सरकार असफल पार्न कांग्रेसले प्रधानमन्त्री पद बाँडिरहेको छ : ओली

काठमाण्डु टुडे २०७९ पुष २३ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २३ पुस -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुर्यायउन नदिन अनेकौ खेल खेलिरहेको आरोप लगाएका छन् ।

ओलीले शनिबार एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्ती पद बाँड्दै हिँडेको आरोप लगाएका छन् ।े नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नुभयो–वी वील कम ब्याक , संकेत उहाँहरुले २६ गते नै आउँछौं भनेको हो ।

उहाँहरुले यस्तो खुद्रा खेल खेलिरहनुभएको अहिले । पार्टीहरुमा बाँडिरहनुभएको छ प्रधानमन्त्री’ उनले भने अहिले असफल पार्ने प्रयास बेस्सरी भइरहेका छन् ।, ‘एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ ।’ यो सरकार असफल भएमा ठूलो पार्टीको नेताको हैसियतमा देउवा प्रधानन्त्री बन्ने भन्दै ओलीले त्यसका लागि कांग्रेसले प्रयास गरिरहेको बताए ।

प्रधानमन्त्रीले विश्वासको मत नलिँदै कांग्रेस सभापति देउवाले हालको सत्तारुढ गठबन्धनमा सामेल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई र सत्तारुढ गठबन्धनमा नरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए। कांग्रेसले पाँच वर्षसम्म सरकारको विरोध गर्ने र सरकार ढाल्न लाग्ने भन्द ओलीले त्यसैकारण अहिलेको गठबन्धनको अन्तरविरोधमा खेल्न खोजेको आरोप लगाए ।

उहाँहरुको धन्दा अब पाँच वर्ष कुनै कुरामा होइन । यो सरकारको विरोध गर्ने कुरामा रहनेछ । यो सरकार ढाल्ने कुरामा रहनेछ । किनभने उहाँहरु च्याँखे थापेर बस्नु हुन्छ । २३ सिट हुँदा पनि विभिन्न शक्तिहरु, व्यक्तिहरुको प्रयासहरुबाट काँग्रेसले प्रधानमन्त्री लिएको थियो ।

अहिले पनि उसले यहाँभित्रको अन्तरविरोधमा खेलेर ढाल्न पायो भने फेरी पनि सरकारको नेतृत्व पाउँछ’ ओलीले भने, ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको सरकार भएको पनि जिकिर गरे । यसलाई सफल बनाउन र उपयुक्त ढंगले गाइड गर्ने पनि ओलीले बताए ।

‘यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us