मधेशमा कांग्रेस नेतृत्वमा छिट्टै सरकार बन्छः देउवा

काठमाण्डु टुडे २०८२ जेठ २३ गते १३:१९ मा प्रकाशित

काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन । पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन ।

सभापति देउवाले यस विषयमा चाँडै सत्ता सहयात्री दलहरूसँग छलफल गरिनेसमेत बताएका छन । सभापति देउवाले भने, ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ ।’

पत्रकार सम्मेलनमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us