
काठमाण्डू, २३ जेठ– प्रतिपक्षी दलहरुको दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो ।
जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी रहेको बताइएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो ।
त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो ।