४५ लाख बढीको अवैध सुनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ २३ गते १३:३२ मा प्रकाशित

काठमाण्डू, २३ जेठ– प्रहरीले ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त रहेको प्रहरीले जानकारी दिएका छन ।

उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो । काँकडभिट्टाबाट काठमाण्डू आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा सामान्त काठमाण्डू आउँदै थिए ।

सोही क्रममा उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ । पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us