विश्वकप फुटबलमा सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १४:४४ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर–प्रहरी कतार जारि विश्वकप फुटबल प्रतियोगिताको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जनालाई राजधानीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र अर्का भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । लाजिम्पाटबाट रुद्र पोखरेल र भारतीय नागरिक पवन कुमारलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिएका छन ।

उनीहरुले डायमण्ड एक्स नामक एपमार्फत सट्टेबाजी गराउने गरेको खुलेको कोइरालाले बताएका छन । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us