सर्वोच्चमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने नेपाल बारले दियो सुझाव

काठमाण्डु टुडे २०७८ कार्तिक ९ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् ।

मंगलबार बसेको बैठकमा उपस्थित  ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us