थप २४ सय १ जनामा कोरोना संक्रमण, ३४ को मृत्यु

काठमाण्डु टुडे २०७८ असार ५ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, ५ असार– पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

सोही अवधिमा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us