केपी ओलीले फेरि मुख छाडे

काठमाण्डु टुडे २०७७ माघ ११ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, ११ माघ– आफ्ना पूर्वसहकर्मी प्रचण्ड र माधव नेपाल, सञ्चार माध्यम, पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, वुद्धिजिवीमाथि सार्वजनिक रुपमा हकार्दै आएका प्रधानमन्त्री केपी ओलीले उनीहरुमाथि गम्भीर आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटनविरुद्ध बोल्नेहरुमाथि देशद्रोहीको आरोप लगाए । अपाङ्गता भएका व्यक्तिहरुसँग आइतबार भएको अन्तरक्रियामा ओलीले संसद् विघटनको विरोध गर्नेहरु देश, जनता, संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाए ।

नेकपाको ओली समूहबाहेक सबै राजनीतिक दल, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानून व्यवसायी, कानूका ज्ञाता, नागरिक अगुवा, सार्वजनिक सञ्चार माध्यमले संसद विघटनको आरोप लगाएका छन् । निर्वाचनमा जान खोज्दा तानाशाह भनिएकामा उनको आपत्ति थियो ।

आफूले सत्ता हातमा नलिएको भन्दै तानाशाहले निर्वाचनको घोषणा नगर्ने ओलीले बताए । ‘मैले सत्ता हातमा लिएको छैन’, ओलीले भने, ‘जनताको बीचमा जाऔं भन्दा म कसरी तानाशाह हुन्छ ?’ आफूलाई हटाएर मुलुकमा अस्थिरता मच्चाउने प्रयास भएकाले जनतामा जाने निर्णय गरेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us