१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

काठमाण्डु टुडे २०८२ जेठ २२ गते ७:५७ मा प्रकाशित

एजेन्सी– अमेरिले १२ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउन भन्दै १२ देशका नागरिकलाई प्रवेशमा रोक लगाएका हुन् ।

ट्रम्पले प्रतिबन्ध लगाएका देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलामाथि आंशिक प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।
ट्रम्पले अरु थप देशमाथि पनि प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।

उनको कार्यकारी आदेश आगामी ९ जुनदेखि लागू हुने बताइएको छ ।

यात्रा प्रतिबन्ध लगाइएका देशमा आतंकवादको जबर्जस्त उपस्थिति रहेको दाबी ट्रम्पको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us