
काठमाण्डू, २३ जेठ– स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापा रहेकी प्रहरीले जानकारी दिएको छ ।
फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर ठोक्कीदाँ थापाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।