जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाण्डु टुडे २०८१ जेठ २१ गते ९:४७ मा प्रकाशित


एजेन्सी–  जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै क्षति नभएको समाचार एजेन्सी एनएचकेले जानकारी दिएको छ ।

सुनामीको चेतावनी पनि जारी नभएको एनएचकेले जानकारी दिएको छ । सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो ।

पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन गरीएको थियो । जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन ।

जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइने अन्तराष्ट्रिय समाचार संस्था बिबिसिले जानकारी दिएको छ ।

गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अंकको मानसम्म पुग्ने गरी हल्लिएको थियो । सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us