भारतको राजधानीमा हालसम्मकै उच्च तापक्रम मापन

काठमाण्डु टुडे २०८१ जेठ १८ गते १९:११ मा प्रकाशित

एजेन्सी– भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । राजधानीको मुंगेशपुर क्षेत्रमा आज ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो ।

गत मंगलबार मुंगेशपुर र नरेलाको अधिकतम तापक्रम ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस रहेको थियो । केही दिनहरूमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको र रातको तापक्रममा लगातार वृद्धि भएको (आईएमडी)ले जानकारी दिएको छ ।

भारतका ठुला भागहरू अहिले गम्भीर गर्मीको लहरको चपेटामा छन् । जसले मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।

गर्मीको लहरका कारण दिल्ली सरकारले पाइपबाट पानी आपूर्तिमा रोक लगाएको छ । दिल्लीको पानीको मुख्य स्रोत यमुना नदीमा पानीको स्तर कम भएका कारण यो कदम चालिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us