३४ आरोपमै ट्रम्प दोषी ठहर

काठमाण्डु टुडे २०८१ जेठ १८ गते ११:५९ मा प्रकाशित

एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरुमै न्यूयोर्कको १२ सदस्यीय जुरीले दोषी ठहर गरेको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको सीएनएनले जानकारी दिएको छ ।

अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रूपमा रकम दिएको आरोप ट्रम्पमाथि लागेको थियो ।

यसैगरी ट्रम्पले आफ्नो कारोबारको रेकर्डका कागजात हेरफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद् भवनमा तोडफोड गरेको लगायत आरोपहरु पनि रहेको थियो ।

सबै ३४ आरोपमा जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको हो । अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजाय सुनाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us