
एजेन्सी– हङकङको एक अदालतले देशद्रोहको मुद्दामा आज बिहीवार १४ प्रजातन्त्रवादी कार्यकर्तालाई दोषी ठहर गरेको छ ।
कुल ४७ जनाविरुद्ध मुद्दा परेकोमा १६ जनाले आफू निर्दोष रहेको ठहर गरेका थिए । यस मध्य भने दुई जनालाई सफाइ दिएको छ ।
यसअघि नै ३१ जनाले आफू दोषी रहेको स्वीकार गरेकाले यो मुद्दामा कुल ४५ जना दोषी ठहर भएका छन्। अभियोग लाग्नेहरूमा विद्यार्थीदेखि वरिष्ठ राजनीतिज्ञहरूसम्म रहेको अन्तराष्ट्रिय समाचार संस्था बिबिसिमा उल्लेख गरीएको छ ।
उनीहरू हङकङमा प्रजातन्त्र स्थापना गर्ने अभियानमा लागीरहेका छन । सफाइ पाउनेमा एक सामाजिक कार्यकर्ता र एक वकिल रहेका छन । उनीहरूले सफाइ पाउने फैसलाविरुद्ध पुनरावेदन गरेको पनि समाचारमा उल्लेख गरीएको छ ।
हङकङको कानुनअनुसार देशद्रोहको मुद्दामा आजीवन कारावाससम्म हुन सक्छ। गत फेब्रुअरीदेखि यो मुद्दामा सुनुवाइ सुरु भएको थियो। निरन्तर १०० दिनभन्दा लामो सुनुवाइ भएर फैसला आएको हो।