बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर १९ वर्षीय युवक अनिल खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

पौडी खेल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाण्डुको सितापाईला बस्दै आएका खड्को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us