त्रिशूलीमा ट्याक्सी खस्दा एकै परिवारका तीनसहित पाँचको मृत्यु

काठमाण्डु टुडे २०८० चैत १७ गते १०:१९ मा प्रकाशित

चितवन, १७ चैत– त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको ज्यान गएको छ ।

काठमाण्डुबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो ।

चितवन प्रहरीका डिएसपी श्रीराम भण्डारीका अनुसार चालकसहित ६ जना सवार ट्याक्सी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलर्म मृत्यु भएको र एक जना बेपत्ता रहेको बताए ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन् । १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us