मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८० चैत १६ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, १६ चैत– भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सानोठिमी बस्ने ६२ वर्षीय राम थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

विहीबार बेलुकी सात बजे आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिएका छन ।

शव पोष्टमार्टमका लागि केएमसी दुवाकोट अस्पताल राखिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us