दोहा उडेको नेवानिको जहाज प्राविधिक समस्यापछि काठमाण्डु फर्काइयो

काठमाण्डु टुडे २०८० चैत १६ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, १६ चैत– हिजो बिहीबार रात काठमाण्डुबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाण्डुनै फिर्ता भएको छ । वाइडबडी ए–३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाण्डु फिर्ता ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएको छ ।

उनले भने, ‘नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ, जहाज ७० नटिकल माइल उडेपछि काठमाण्डु आएको रेकर्ड छ ।’ जहाज रातको करिब ३ बजे काठमाण्डुमा अवतरण गरेको थियो ।

निगमको काठमाण्डुको रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको प्रवक्ता झाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us