रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

काठमाण्डु टुडे २०८० चैत ५ गते ९:४३ मा प्रकाशित

काठमाण्डु, ५ चैत– रुसको राष्ट्रपतिमा फेरि एकपटकको लागी भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो । पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको सीएनएनले जानकारी दिएको छ ।

जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो । यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us