
एजेन्सी– भारतको लोकसभा चुनावको मिति घोषणा गरेको छ । केन्द्रीय चुनाव आयोगले १८औं लोकसभाको चुनाव १९ अप्रिलदेखि १ जुनसम्म हुने बताएको छ ।
आयोगका अनुसार पहिलो चरणमा १९ अप्रिलमा २१ राज्यका १०२ सिटका लागि चुनाव हुनेछ। जसमा अरुणाचल, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिज़ोरम, नगाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कश्मीर, लक्षद्वीप र पुद्दुचेरी रहेको आयोगले जानकारी दिएको छ ।
त्यस्तै दोस्रो चरणमा २६ अप्रिलमा १३ राज्यका ८९ सिटका लागि हुने आयोगले जनाएको छ । जसमा असम, बिहार, छत्तीसगढ़, कर्नाटक, केरल, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर रहेका छन्। त्यस्तै तेस्रो चरणमा ७ मेमा १२ राज्यका ९४ सिटका लागि हुनेछ। जसमा असम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नागर हवेलीर र दमन दीव रहेको आयोगले जनाएको छ ।
त्यस्तै चौथो चरणमा १३ मेमा १० राज्यका ९६ सिटका लागि चुनाव हुने आयोगले जनाएको छ । जसमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर रहेका छन। त्यस्तै पाँचौं चरणमा २० मेमा ८ राज्यका ४९ सिटका लागि चुनाव हुनेछ। जसमा छत्तीसगढ, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर र लद्दाख रहेका छन्। त्यस्तै छैटौं चरणमा २५ मेमा ७ राज्यका ५७ सिटमा चुनाव हुनेछ।
जसमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्ली रहेका छन्। त्यस्तै सातौं चरणमा १ जुनमा ८ राज्यका ५७ सिटमा चुनाव हुनेछ। जसमा बिहार, हिमाचल प्रदेश, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चण्डीगढ रहेको आयोगले जनाएको छ ।
मतगणना भने ४ जुनमा गर्ने केन्द्रीय चुनाव आयोगले जानकारी दिएको छ । लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०.५ लाख मतदान केन्द्र छन् ।
१.५ करोड चुनावी कर्मचारी रहनेछन् । निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने भएको छ । महिला मतदाताको संख्या ४७ करोड नजिक छ । २०२४ को चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन् ।