
एजेन्सी– भारत शक्ति अभ्यासमा संलग्न तेजस लडाकु विमान जैलसमेरमा दुर्घटनामा परेको छ । तेजस विमान दुर्घटनाको यो पहिलो घटना भएको अन्तराट्रिय सञ्चार माध्यमहरुले बताएका छन ।
मंगलबार दिउँसो करिब २ बजे सहरबाट २ किलोमिटर टाढा रहेको भील सामुदायिक छात्रावासमा खसेको बताइएको छ । घटना हुँदा होस्टेल खाली थियो । यसले अन्य क्षति नभएको अधिकारीहरुले जानकारी दिएका छन ।
पाइलट सकुशल बाहिर निस्कन सफल भएका थिए । का एक्कासि विष्फोट भएपछि सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको प्रत्यक्षीदर्शीहरुले बताएका छन । या वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।